Sunday, June 28, 2009

एसएलसीको परीक्षाफल प्रकाशित

एसएलसीको परीक्षाफल प्रकाशित
६८ प्रतिशत उर्त्तिण
काठमाडौं, १४ असार
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको प्रवेशिका एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ। यसपटकको परिक्षामा नियमित तर्फ ६८ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन्। त्यस्तै आंशिक तर्फ ४७ प्रतिशत विद्यार्थी उर्त्तिण भएका छन्।

गत चैत्रमा भएको यस वर्षको एसएलसीमा ३ लाख ९१ ह्जार ७ सय तीन परीषार्थी सहभागी थिए। त्यसमध्ये, ३ लाख ४४ हजार १ सय ५१ नियमित र ४७ हजार ५ सय ५२ आशिंक रहेका थिए ।

कार्यालयका अनुसार ११३०४ डिष्टिंसन , ८७७७२ प्रथम श्रेणिमा, १२५४२१ द्वितिय श्रेणिमा तथ १०,१०५ त्रितिय श्रेणिमा पास भएका छन।

No comments:

Post a Comment